सरकार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

इकागज |
चैत १८, २०७८ शुक्रबार १४:१७ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि नेपालको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्री खाणलाई दिइएको राष्ट्रपति कार्यलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 


देउवा १८ देखि २० सम्म भारतको राजकीय भ्रमणमा गएका छन् । 


Author

थप समाचार
x