स्वास्थ्य

चीनले अनुदानमा दिएको कोभिड भ्याक्सिन काठमाडौं आइपुग्यो

इकागज |
चैत १६, २०७७ सोमबार १२:१० बजे

काठमाडौँ : चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट कोभिडविरुद्धको ८ लाख डोज खोप (भेरोसेल) सोमबार बिहान काठमाडौं ल्याइएको हो ।


त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् । नेपाल एयरलाइन्सको जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो ।


Author

थप समाचार
x