स्वास्थ्य

लाइनमै उभिएर अर्थमन्त्रीले लिए उपचार सेवा

इकागज |
चैत १६, २०७७ सोमबार १४:४६ बजे

काठमाडौँः आइतबार बिहान जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका लागि अन्य सर्वसाधरणसँगै अर्थमन्त्री विष्णु पौडेल पनि लाइनमा देखिए । उनी अस्पतालमा आफ्नै उपचारका लागि आएका थिए ।  

उनी थाइराइड परिक्षणका लागि अस्पतालमा पुगेका थिए । रिपोर्ट लिएर चिकित्सकसँग भेट्ने पालो पर्खदाँ पनि अर्थमन्त्री पौडेल सेवाग्राहीहरूसँगै लाइनमै थिए । 
बरु सर्वसाधरणसँगै अर्थमन्त्री लाइनमा उपचारका लागि पालो पर्खिरहेको देखेपछि सर्वसाधरण पनि अचम्मित भए । मास्क लगाएर लाइनमा उभिएका व्यक्ति अर्थमन्त्री पौडेल नै हुन् भन्ने ठम्याएपछि उनीहरूले तस्बिर पनि लिए । 


अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले अर्थमन्त्री पौडेल स्वास्थ्य परिक्षणका लागि आइतबार बिहान अस्पताल गएको आफ्नो जानकारीमा भएपनि आफू त्यतिबेला सँगै नरहेको बताए ।  

अल्का अस्पतालमा उपचार सेवा लिने क्रममा पालो पर्खदैं अर्थमन्त्री पौडेल  ।   तस्बिर: वसन्त आचार्य


Author

थप समाचार
x