थप ११ जनामा कोभिड पुष्टि
फाइल फोटो
काठमाडौँ - नेपालमा थप ११ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय १९ पीसीआर परीक्षणका क्रममा ११ जनामा कोभिड पुष्टि भएको हो ।
१ हजार २ सय ११ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोभिड पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोभिडका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।
थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ६२ जना निको भएका छन् । हाल नेपालमा १ सय ४८ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया