भारतीय सेनाले नेपाली सेनालाई दियो कोभिडविरुद्धको खोप
काठमाडौँ : भारतले सहयोग स्वरुप उपलब्ध गराएको १ लाख डोज कोभिड खोप आज नेपाली सेनालाई हस्तन्तरण गरेको छ । मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका हुन् ।
भारतीय सेनाले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेको छ । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सहयोगप्रति आभार व्यक्त गरे । यसले दुई देशबीचका सेनाको सम्बन्ध अझ प्रगाढ हुन सहयोग मिलेको थापाको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया