स्वास्थ्य

थपिए १५२ कोभिड-१९ स‌क्रमित

इकागज |
चैत १९, २०७७ बिहीबार १६:५५ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप १५२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ । 

त्यस्तै कोभिडका कारण थप १ जनाको मृत्यु हुँदा हालसम्म नेपालमा तीन हजार ३१ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६५ जना कोभिडमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् ।


हाल नेपालमा १५ सय ७९ जना आइसोलेसन र ६३ जना क्‍वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ७५ हजजार ५४० वटा पीसीआर गरिएको मन्त्रालयले जानकारी दिएको छ । 


Author

थप समाचार
x