स्वास्थ्य

मेहनत र लगनशील रामजी राम

'आमा, दिदी, बुबा र भिनाजुको चर्चा जति गरे नि सकिन्‍न बस निशब्द र स्तब्ध हुन्छु'

इकागज |
जेठ ३१, २०७९ मंगलबार १२:२३ बजे

काठमाडौँ-  रामजी रामले वीरगञ्जको नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरबाट एमबीबीएस उत्तीर्ण गरेपछि परिवारमा खुसीयाली छाएको छ । एमबीबीएस उत्तीर्ण गरेपछि गत बिहीबार ‘बुवा अन्ततः म एमबीबीएस पास भएँ,' उनले फेसबुकमा पिताको फोटोसहित लेखेका थिए । पछिल्लो उनी एमबीबीएस उत्तीर्ण भएपछि विभिन्न व्यक्तिले शुभकामना र बधाईसमेत दिएका छन् ।

रामजी रामले आमा, दिदी, बुबा र भिनाजुको चर्चा जति गरे नसकिने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,' आमा, दिदी, बुबा र भिनाजुको चर्चा जति गरे नि सकिन्न । बस निशब्द र स्तब्ध हुन्छु । नजाने कति दिन भोकै बसेर व्रत गर्नु भएको छ होला ।'


भोकभोकै हाम्रो लागि दुवा र आशिर्वाद माग्नु भएको भनि फेसबुकमा उनले लेखका छन् । भनेका छन्,' आमा अहिले पूरा हुदैछ . '

उनी मेहनत र लगनशील बन्दाको सबैका लागि दृष्‍टान्त बनेका छन् । उनी रौतहटको गढीमाई नगरपालिका–९ स्थायी बासिन्दा हुन् ।

एमबीबीएस चौथो वर्षमा पुग्दासमेत कलेजले उनलाई अतिरिक्त शुल्क मागेर हैरान पारेको थियो ।

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ मा छात्रवृत्ति पाएका विद्यार्थीसँग परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदि लिन नपाइने उल्लेख छ ।

यो व्यवस्थालाई तत्कालीन मन्त्रिपरिषद्‌को सामाजिक विकास समितिको ०७२ भदौ ३१ गते बसेको बैठकले स्वीकार गरेको छ ।

चिकित्सा शिक्षा आयोगले ०७७ पुस २६ गते नेशनल मेडिकल कलेजलाई पत्राचार गर्दै रामजी रामको शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको भन्दै परीक्षामा सामेल गराउन भनेको थियो ।

चौथो वर्षमा समेत कलेजले वार्षिक शुल्क ५ लाख ९८ हजार ५० रुपैयाँ, होस्टल शुल्क ५५ हजार ४ सय २१ रुपैयाँ, खाना खर्च २ लाख १० हजार ३ सय १९ रुपैयाँ र इन्टरनेटको ९ हजार ८ सय रुपैयाँ तिर्न बाँकी देखाएको थियो । उनले अतिरिक्त शुल्क नतिर्ने अडान राखेपछि कलेजले  लगाएको फारम थियो । अतिरिक्त पैसा नतिरेकै कारण उनलाई कलेजले परीक्षा हलबाट बाहिरसमेत निकालिदिएको थियो ।

सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र इन्जिनियरिङमा छात्रवृत्ति दिने व्यवस्था गरेको थियो । सोही छात्रवृत्ति पाएर रामजी नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए ।

 

 

 


Author

थप समाचार
x