स्वास्थ्य

थपिए १७९ कोभिड संक्रमित

इकागज |
चैत २०, २०७७ शुक्रबार १६:३२ बजे

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप १७९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ । शुक्रबार कोभिडका कारण कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा तीन हजार ३१ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै, १ सय ११ जना कोभिडमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई लाख ७२ हजार ९६२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १६ सय ४९ जना आइसोलेसन र ६१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ७९ हजार १०५ वटा पीसीआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
 



Author

थप समाचार
x