स्वास्थ्य

हेटाैँडा र चाँगुनारायणमा पनि हैजाका बिरामी, हालसम्म २१ जनामा संक्रमण

इकागज |
असार २२, २०७९ बुधबार १६:१९ बजे

काठमाडौँ- थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाैँडा र चाँगुनारायण नगरपालिकामा दुई जना हैजाका बिरामी भेटिएकाे बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।

नयाँ थपिएकासँगै अहिलेसम्म २१ जनामा हैजा भेटिएको उनले जानकारी दिए । अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ । हैजा तथा झाडापखाला रोगबाट बच्‍नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ ।


यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्ने, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले खानेपानीका कारणले हैजाका बिरामी बढेको बताए । उनका अनुसार हैजा देखिएका ठाउँको खानेपानी परीक्षण गर्दा खान अयोग्य रहेको छ । उनले कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको जानकारी दिए ।


Author

थप समाचार
x