स्वास्थ्य

हेल्थ कन्क्लेभ २०२१ सुरु

इकागज |
चैत २४, २०७७ मंगलबार १९:१० बजे

काठमाडौँ : अमेरिकी दूतावासको यूथ काउन्सिल अन्तर्गतको सिभिक इन्गेजमेन्ट प्रोजेक्टले नेपाल हेल्थ कन्क्लेभ २०२१ आयोजना गरेको छ । 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लू बेरीले कन्क्लेभको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपालको सार्वजनिक स्वास्थ्यका अवसर, चुनौती र भविष्यको विषयमा नीति निर्माता, विज्ञ र सरोकारवालाहरूसँग छलफल हुनेछ ।


कार्यक्रमको उद्घाटन गर्दै राजदूत बेरीले सम्मेलनले नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रको सुधारमा सघाउ पुर्‍याउने बताएका छन् । उनले विश्‍व महामारीविरुद्ध लडिरहेको हुनाले यसविरुद्ध लड्न सरकारी, गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज एकजुट हुनुपर्ने बताएका छन् ।

सम्मेलनमा स्वास्थ्य साक्षरता, कोभिड-१९ र दिगो विकासका लक्ष्यहरू, स्वास्थ्य नीतिको पुनर्निर्माण तथा स्वस्थ नेपाल निर्माणका लागि मूलधारका मिडियाको भूमिका जस्ता विभिन्‍न विषयमा छलफल हुनेछ ।


Author

थप समाचार
x