स्वास्थ्य

उपकुलपति डा. रौनियारको निधन

इकागज |
साउन ३, २०७९ मंगलबार १८:४० बजे

काठमाडौँ- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा राजकुमार रौनियारको निधन भएको छ। उनको मंगलबार बिहान १० बजे निधन भएको हो।

डा रौनियार मिर्गौला रोगबाट ग्रसित थिए।  उनको बुधबार बिहान दुहबीस्थित बुढीखोलामा अन्त्यष्टि गरिने भएको छ।


प्रतिष्ठानको उपकुलपति रहँदा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा समेत हालेको थियो ।

 


Author

थप समाचार
x