स्वास्थ्य

थप ३३९ जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु

इकागज |
चैत २५, २०७७ बुधबार १८:० बजे

काठमाडौँ : नेपालमा बुधबार थप ३३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये पीसीआर विधिबाट २९८ र एन्टिजेन विधिबाट ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या दुई लाख ७८ हजार ७६८ पुगेको छ । 

त्यस्तै थप ७४ जना संक्रमित कोभिडमुक्त भएका छन् भने हालसम्म दुई लाख ७३ हजार ५२९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोभिडको कारण दुई जनाको ज्यान गएको छ ।


 नेपालमा हालसम्म तीन हजार ३८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा २२ सय १ जना आइसोलेसन र ६५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ९८ हजार १६७  पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।
 


Author

थप समाचार
x