स्वास्थ्य मन्त्रालयले भन्यो- भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउनू
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको हो ।
यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ।
खोप नलगाएकाहरूले लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय कोरोना संक्रमण दैनिक बढिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया