स्वास्थ्य

डब्ल्यूएचओद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

इकागज |
साउन ७, २०७९ शनिबार २१:४५ बजे

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। बैठकमा लामो छलफलपछि डब्ल्यूएचओ​ले यस्तो घोषणा गरेको हो । मंकीपक्स अहिलेसम्म सबै देशका लागि चिन्ताकाे विषय बनेकाे छ ।

अमेरिकामा पहिलो पटक दुई बालबालिकामा यो संक्रमण भेटिएको छ । दुवै बालबालिकाको अवस्था सामान्य रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उपचारका लागि उनलाई एन्टिभाइरल औषधि टेकोभिरिमेट दिइएको छ । रिम्रुका अनुसार यो औषधि ८ वर्षभन्दा मुनिका बालबालिकालाई गम्भीर संक्रमणको जोखिम हुने भएकाले दिनुपर्छ ।


संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् । यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको डब्ल्यूएचओले जनाएकाे छ ।


Author

थप समाचार
x