स्वास्थ्य

थपिए ३३२ मा कोभिड-१९ स‌क्रमित

इकागज |
चैत २६, २०७७ बिहीबार २०:२ बजे

काठमाडौँ : मुलुकभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।  चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा त्यति संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार १००  पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ । निको हुने दर ९८ प्रतिशत छ । 


अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५४ छ । उनीहरूमध्ये ७७ जना क्‍वारेन्टिनमा छन् भने अन्य  आइसोलेसनमा छन् ।  हालसम्म नेपालमा २३ लाख दुई हजार १७३  को पीसीआर परीक्षण भएको छ ।  त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन । 
 
 


Author

थप समाचार
x