स्वास्थ्य

सिंहदरबार वैद्यखानामा डा. साह पुगे, तर कार्यकक्षको ताला खुलेन

इकागज |
साउन १२, २०७९ बिहीबार १६:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको निर्देशकमा डा. सबरी साहलाई नियुक्ति पत्र मंगलबार थमायो । यसअघि पनि उनको दरबन्दी वैद्यखानामा थियो ।

उनलाई केही समयअघि मात्र मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु पठाएको थियो । मन्त्रलायले साहलाई वैद्यखानामा पठाए पनि उनी कार्यालयमा हाजिर हुन पाएका छैनन् । कार्यकक्षमा ताला लगाएकाले साह बाहिर बसेर काम गरिरहेका छन् ।


असारको दोस्रो साता मन्त्रीस्तरीय बैठकले डा.श्यामबाबु यादवलाई नियुक्त गरेको थियो । उनलाई तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडाले नियुक्त गरेका थिए ।

मन्त्रालयले यसअघि पनि वैद्यखानामा निमित्त निर्देशक रहेका साहलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु पुर्‍याएको थियो । यसअघि मन्त्रालयले नियुक्त गरेका डा. यादवले ताला लगाएकाले कार्यालयमा बसेर काम कारबाही अगाडि बढाउन सकेका छैनन् ।

सर्वोच्च अदालतले गत असार २१ गते मन्त्रालयले १० गते गरेको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न र यथास्थानमा राख्न आदेश दिएको थियो । अदालतको आदेश बमोजिम मन्त्रालयले गत ९ गते निर्णय गरी यसअघि गरिएको निर्णयलाई यथास्थितिमा राखिएको जनाएको छ ।

डा. यादवलाई पनि मन्त्रालयले पत्र काटेको छ । यसअघि गरिएको निर्णयलाई अदालतले कार्यान्वय नगर्नू र यथास्थितिमा राखिएको मन्त्रालयको कर्मचारी शाखाले जनाएको छ 

हरेक पटक स्वास्थ्य मन्त्री परिवर्तन भएपछि आफ्नो शक्ति प्रदर्शन गर्ने थलोको रुपमा वैद्यखानालाई प्रयोग गर्ने गरेका छन् । अदालतको आदेशबाट पुनः पदबहाली हुने गरेका छन् । समय-समयमा कर्मचारी तलब नपाएको भन्दै विरोध गर्छन् । तर, महिनौंदेखि औषधिका लागि कच्चा पदार्थको अभाव हुँदासमेत कसैले ध्यान दिँदैनन्।

वैद्यखाना जसलाई सरकारी स्तरबाट सञ्चालित देशको एकमात्र आयुर्वेद औषधि उत्पादन गर्ने कारखानाको रुपमा लिइन्छ । देशको एकमात्र सरकारी उद्योग हो जसले निरन्तर औषधि उत्पादन गर्न सकेको छैन ।

डा. साहले कार्यकक्षमा ताला लगाइएकोले उपस्थित भएर काम गर्न नसकेको बताए । यसअघि मन्त्रालयले तोकेको डा. यादवले बुधबारदेखि कार्यकक्षमा ताला लगाएर सम्पर्कमा नरहेको उनले जानकारी दिए ।

नियमित रुपमा कार्यालयम बसेर काम गर्न नपाइरहेको साहले जानकारी दिए । उनले भने,' कार्यकक्षमा ताला लगाएको छ । ताला फोडेर जान मिल्दैन । ताला लगाएको स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छु । आज दिनभरमा ताला खोलिएन भने प्रशासन लगाएर ताला फुटाइन्छ ।'

पछिल्लो समय वैद्यखानाले नियमित रुप औषधि उत्पादन गर्दै आइरहेको छ । हर्रो,बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण बनाउन थालिएको छ । तर, कार्यालयबाट आयुर्वेदिक औषधिसमेत बिक्री भइरहेको छ ।


Author

थप समाचार
x