स्वास्थ्य

कोभिड खतरा बढ्यो भन्‍ने सरकारले नाकामा चेकजाँच गर्नै छोड्यो

इकागज |
चैत २९, २०७७ आइतबार १६:४ बजे

काठमाडौँ  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोभिड संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताए पनि त्यसो हुन सकेको छैन ।  

आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनै पनि सुरक्षा सावधानी र चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयम्ले पनि सुरक्षाको उपाय÷सावधानी अपनाएको देखिएन । त्यहाँ रहेका सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएका छैनन् । 


यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ । मास्क लगाउने, दुरी कायम गर्ने कुनै पनि सुरक्षा सावधानीको उपायको न्युनतम रुपमा पनि प्रयोग भएको छैन । यात्रुहरु बिना मास्क कुनै भौतिक दुरी कायम नगरी जोखिमपूर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन् । यता, काठमाडौं उपत्यकामा कोभिड संक्रमितको संख्या बढिरहेको छ । 


Author

थप समाचार
x