स्वास्थ्य

नेपालमा थप ३०३ जना कोभिड संक्रमित

इकागज |
चैत २९, २०७७ आइतबार १६:४७ बजे

काठमाडौँ : नेपालमा आइतबार थप ३०३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ८० हजार २८ पुगेको छ । 

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ४० जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । मन्त्रालयकाअनुसार थप १४१ जना कोभिडमुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार २७ जना कोभिडमुक्त भएका छन् । 


नेपालमा हाल २९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टीनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ वटा पीसीआर परिक्षण गरिएको छ । 


Author

थप समाचार
x