तनहुँका ३८ हजार बालबालिकालाई विद्यालयमै खोप
फाइल तस्वीर
दमौली- तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । पाँचदेखि १२ वर्षमुनिका ३८ हजार एक सय ५८ बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्लामा भदौ ७ गतेदेखि खोप लगाउन स्वास्थ्य कार्यालय तनहुँ व्यवस्थापनमा जुटेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
उनका अनुसार जिल्लाका एक सय २० शैक्षिक संस्थामार्फत बालबालिकालाई खोप लगाइने छ । खोप अभियान सञ्चालनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकिएको छ । “राष्ट्रव्यापी अभियानअन्तर्गत जिल्लामा पनि खोप अभियान सञ्चालनका लागि तयारीमा जुटेका छाँै, स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ”, अधिकारीले भने ।
पहिलो चरणमा भदौ ७ गतेदेखि १० गतेसम्म शुक्लागण्डकी र भानु नगरपालिकामा खोप अभियान सञ्चालन गरिनेछ । दोस्रो चरणमा भदौ ११ देखि १४ गतेसम्म व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया