यी ५० जिल्लामा १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइँदै
काठमाडौं - पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदै छ ।
दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौंदेखि १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।
प्रदेश १ः
भोजपुर, धनकुटा, खोटाङ्ग, ओखलढुंगा, पांचथर, संखुवासभा, सोलुखुम्बू, ताप्लेजुंग, तेह्रथुम, उदयपुर
मधेश प्रदेशः
बारा, रौतहट, सर्लाही
बागमती प्रदेशः
रामेछाप, दोलखा, धादिङ्ग, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक
गण्डकी प्रदेशः
बागलुङ, गोरखा, लमजुङ्ग, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्गजा, तनहुँ
लुम्बिनी प्रदेशः
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रूकुम
कर्णाली प्रदेशः
पश्चिमी रूकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट
सुदूरपश्चिम प्रदेशः
अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया