पछिल्लो २४ घण्टामा १३ जना कोभिड संक्रमितको मृत्यु
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जनाका कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।
सोमबार थप १३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ । हाल नेपालमा ३ हजार ३०६ जना आइसोलेसनमा छन् भने ८५ जना क्वारेन्टिनमा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया