स्वास्थ्य

काठमाडौँ उपत्यकासहित ठूला सहरका एक महिना विद्यालय बन्द गर्न सिफारिस

इकागज |
चैत ३१, २०७७ मंगलबार १५:४३ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढेको भन्दै एक महिना विद्यालय बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले काठमाडौं, पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्जलगायत देशका १५ ठूला सहरमा एक महिना विद्यालय बन्द गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई प्रस्तावसहित सिफारिस गरेको हो । 

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न उक्त सिफारिस गरिएको बताए ।‘कोभिडको संक्रमण दिनानुदिन फैलिदै गएरहेको हुनाले ठूला सहरमा विद्यालय बन्द गर्ने सिफरिस गरेका हौँ,’ उनले भने, ‘विद्यालय बन्द गरेर अनलाइनबाटै कक्षा सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । तर, यस विषयमा औपचारिक निर्णय भने आउन बाँकी छ ।



Author

थप समाचार
x