प्रदुषित पानीले प्रजनन स्वास्थ्यमा असर
काठमाडौं– प्रदुषित पानीका कारण महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा प्रत्यक्ष/अप्रत्यक्ष असर गर्छ । पानीको स्रोतमा विभिन्न केमिकल मिसिएका हुन्छन् । जसले महिलाको पाठेघरमा विभिन्न प्रभाव पार्छ । पछिल्लो समय प्रदुषित पानीकै कारण उमेर नपुगी बच्चाको जन्म हुने, बच्चा कम तौलको हुने, गर्भपतन हुने जस्ता समस्या देखिएका छन् ।
जलवायु परिवर्तन र प्रदुषणले पानी र खाना दुवै प्रदुषित हुँदै गएको छ । यसले प्रजनन स्वास्थ्यमा असर गरेको देखिन्छ । यो नेपालको मात्रै नभएर संसारकै समस्या हो । प्रदुषणले किशोरी, महिला, पुरुष, गर्भावस्थाका महिला, सुत्केरी अवस्था महिलादेखि बच्चाको स्वास्थ्यसम्मलाई नकारात्मक असर पुर्याएको हछ । प्रदुषित पानीमा केमिकल हुन्छन् । ती केमिकलले प्रजजन क्षमतामा ह्रास ल्याउँछन् ।
प्रदुषित पानीमा हुने ‘फ्यालेट्स’ नामको केमिकल प्लास्टिकलाई लचकदार बनाउन प्रयोग गरिन्छ । यसको असर विशेषगरी महिलाहरूको पाठेघरमा लक्षित हुन्छ । जसले गर्दा ‘ओभुलेसन साइकल’ बिगारिदिने, महिनावारी ढिला हुने, पोलिसिस्टिक ओभरी सिन्ड्रोम पनि यसकै असर हो भनेर अध्ययनहरूले देखाएको छ । यसले बच्चाको योजना बनाइरहेका जोडीलाई पनि नकारात्मक असर पु¥याउँछ । त्यस्तै, पुरुषमा ‘टेस्टेस्टेरोन’ भन्ने हर्मोन हुन्छ । केमिकलले त्यो हर्मोनलाई ब्लक गरिदिन्छ । त्यसले गर्ने कामलाई रोकिदिन्छ ।
पानीजन्य रोगका कारण प्रजनन स्वास्थ्यमा पर्ने असर
प्रदुषित पानीका कारण विभिन्न खालका पानीजन्य रोगहरू लाग्छन् । टाइफाइड, कोलेरा, डायरिया लगायत रोगहरूको समस्या देखिन्छ । गर्भवती महिलालाई छाडापखाला भयो भने शरीरमा पानी कम हुन्छ । पानी कम हुँदा बच्चाको गर्भपतन हुने र गर्भावस्थामै विभिन्न खालका समस्या आउने हुन्छ । आजभोलि धेरै दम्पतीले गर्भ रहनुभन्दा अगाडि शरीरमा पानी र नुनको सन्तुलन हेरेर त्यसलाई सन्तुलनमा ल्याएर मात्रै बच्चाको योजना गरेको पाइन्छ ।
शरीरमा पानीको मात्रा कम भएको अवस्थामा गर्भवती हुँदा एकदमै गाह्रो हुन्छ । परिवारको योजना बनाइरहेकाले पानीजन्य रोगको चेकजाँच गर्नु निकै महत्वपूर्ण हुन्छ । उपचार गरेर शरीर स्वस्थ भएपछि मात्रै बच्चाको योजना गर्नुपर्छ ।
त्यस्तै, हामीले कस्तो पानी पिइरहेका छौँ, त्यसमा ध्यान दिनुपर्छ । पानीजन्य रोगबाट बच्नुपर्छ । आँखाले देख्दा सफा भयो भन्दैमा पानी पिउनु हुँदैन । पानी सफा छ, छैन ध्यान दिनुपर्छ । आफू स्वस्थ भयो भने मात्रै प्रजनन स्वस्थ्य राम्रो हुन्छ र जन्मिने बच्चा पनि स्वस्थ हुन्छ ।
(डा. नितेश घिमिरेले पोडकास्ट सिरिज ‘गुलाबी संवाद’सँग गरेको कुराकानीमा आधारित ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया