नेपाल अकुञ्चर मोक्सिबुसन तथा अकुप्रेसुर संघको अध्यक्षमा विशाल
काठमाडौँ- नेपाल अकुञ्चर मोक्सिबुसन तथा अकुप्रेसुर संघले अकुपन्चरिस्ट विशाल श्रेष्ठलाई अध्यक्ष बनाएको छ । संघको १९ औँ साधारण सभाले उनलाई तीन वर्षे कार्यकालको लागि नियुक्त गरेको हो ।
शनिबार सितापाइलामा भएको सभामा नयाँ कार्यसमितिको उपाध्यक्षमा अकुपन्चरिस्ट सुवास ढकाल, महासचिव डा. विजय ज्ञवाली, कोषाध्यक्ष अकुपन्चरिस्ट राम देव महतो, सदस्यहरू अकुपन्चरिस्ट रविता कंसकार अकुपन्चरिस्ट कैलाश सिं थारु र अकुपन्चरिस्ट रचना भट्टराई रहेका छन् ।
अकुपन्चर उपचार पद्धतिलाई समयानुकुल र वैज्ञानिक तवरले विकास गरेर लैनुपर्ने समितिका महासचिव डा. ज्ञवालीले बताएका छन् । समयानुकुल काम गर्दा उतिकै चुनौती पनि रहेको उनको भनाइ छ ।
नेपालमा रहेका अकुपञ्चरिस्टहरूको स्तरवृद्धि र उपचार विधिमा एकरुपता ल्याउन स्थानिय तथा संघीय सरकारसँग समन्वय गरी नयाँ कार्यक्रम तर्जुमा गरिने कोषाध्यक्ष महतोले बताए ।
सभामा नगार्जुन नगरपालिकाका वडा सदस्यहरू, संघका पूर्व अध्यक्षहरू सुदर्शन बस्नेत, इश्वर राज बलामी र श्याम महर्जनको उपस्थिति थियो रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया