स्वास्थ्य

धुलिखेलमा एक महिने नि:शुल्क स्वास्थ्य शिविर

इकागज |
भदौ २०, २०७९ सोमबार १८:२१ बजे

काठमाडौँ- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्वास्थय शिविर संचालन भएको छ । जिवित फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकिहरूमा नि:शुल्क महिला, स्त्रीरोग तथा बाझोपनसँग समन्धित शिविर संचालन गरिएको छ ।

शिविरबाट कूल ४ सय ४५ जना लाभान्वित भएको जिवित फाउण्डेशनका उपाध्यक्ष शिव पौडेलले जानकारि दिए । उनका अनुसार सेवा लिएकाहरू मध्ये १ सय १५ जनाको ट्याप स्नेयर परीक्षण गरिएको थियो । ८३ जनामा संक्रमण फेला परेकाले उनीहरूको उपचारका लागि अस्पतालसँग समन्वय गरिएको छ । 


साउन ४ गतेबाट सुरू भई भाद्र ९ गतेसम्म क्याम्प संचालन भएको हो । धुलिखेल नगरका उपप्रमुख निराजन जंगमले क्याम्पबाट नगरका महिलाहरू लाभान्वित भएको उनले बताएका छन् ।

उनले आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । संचालनमा आएको छोटो समयमानै जिवित फाउण्डेशनले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।


Author

थप समाचार
x