मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्दै कर्णाली अस्पताल
सुर्खेत- कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्ने भएको छ । यसका लागि अस्पतालले स्वास्थ्य सेवा विभागबाट अनुमति पाईसकेको अस्पतालले जनाएको छ ।
मिर्गौला प्रत्यारोपण गर्न आवश्यक पर्ने संरचना र उपकरणको व्यवस्थापन भईसकेको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । निर्देशक डाक्टर खड्काका अनुसार प्रदेश अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्न सम्झौता यसअघि नै भईसकेको छ ।
अबको केही महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरू गरिने खड्काले बताए । नेपालमा काठमाडौँ र पोखरापछि मिर्गौला प्रत्यारोपण सेवा सुर्खेतमा सुरू हुन लागेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया