स्वास्थ्य

बैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन क्याप्सुल र जुकाको औषधी खुवाइने

इकागज |
बैशाख २, २०७८ बिहीबार ११:५५ बजे

काठमाडौँ : सरकारले साना बालबालिकालाई भिटामिन एको क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम राखेको छ । बैशाख ६ र ७ गते यो कार्यक्रम सञ्औचालन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ ।

६ देखि ५९ महिना उमेर समूहका बालबिलकालाई भिटामिन ए क्याप्सुल खुवाउनेछ । त्यस्तै १२ देखि ५९ महिना उमेर समूहका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम सञ्‍चालन गर्ने मन्‍त्रालयले जानकारी दिएको छ ।  

मन्‍त्रालयले कोभिड-१९ को संक्रमणबाट बच्न भिटामिन ए वितरण केन्द्रमा जान आग्रह गरेको छ । वितरण केन्द्रमा जाँदा भिडभाड नगर्न भनेको छ ।



Author

थप समाचार
x