मधेशमा एक वर्षमा ११९ जनामा डेंगु पुष्टि
फाइल तस्बिर
जनकपुरधाम - एक वर्षको अवधिमा मधेश प्रदेशमा १ सय १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार मधेश प्रदेशका आठवटै जिल्लामा गत आर्थिक वर्षको साउनदेखि चालु आर्थिक वर्षको भदौ २२ गतेसम्ममा १ सय १९ जनामा डेंगु संक्रमण देखिएको हो ।
सबैभन्दा बढी प्रदेशका सर्लाही जिल्लामा ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने बारामा २०, रौतहटमा १६, पर्सामा १२, सिरहामा ११, महोत्तरीमा ९, धनुषामा ५ र सप्तरीमा ४ जनामा डेंगु संक्रमण देखिएका निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।
प्रादेशिक अस्पताल जनकपुरधा, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, नेशनल मेडिकल कलेज पर्सा, प्रँदेशिक अस्पताल कलैया, प्रादेशिक अस्पताल लहान, प्रादेशिक अस्पताल मलंगवा, प्रादेशिक अस्पताल जलेश्वर लगायतका अस्पतालहरुमा संक्रमितहरु फेला परेको उनले बताए ।
देशभर डेंगुका विरामी बढ्न थालेपछि मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले पनि प्रदेशका सरकारी अस्पतालहरूमा उपचारका लागि आएका बिरामीको डेंगु परीक्षण गरेको थियो ।
तथ्यांक प्रदेश मातहतका सरकारी कार्यालयको मात्र भएकाले संक्रमितको संख्या अझै बढी हुनसक्ने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया