स्वास्थ्य

बिहीबार थप ५३४ जनामा कोभिड-१९ संक्रमण

इकागज |
बैशाख २, २०७८ बिहीबार १७:१३ बजे

काठमाडौँ : नेपालमा बिहीबार थप ५३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ८८ पिसिआर परीक्षणका क्रममा ४९० र ५६४ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म ज्‍यान गुमाउनेको संख्‍या तीन हजार ६६ पुगेको छ। गत २४ घण्टामा १५७ जना संक्रमणमुक्‍त भएका छन् । 


हालसम्म नेपालमा दुई लाख ७४ हजार ६०४ जना संक्रमणमुक्‍त भएका छन् । हाल नेपालमा ४३ सय ८४ जना आइसोलेशन र ६८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २३ लाख २९ हजार ५४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x