स्वास्थ्य

कान्तिबाल अस्पतालमा मेडिकल अधिकृतसहित २१ जनाको माग

इकागज |
भदौ २७, २०७९ सोमबार ८:७ बजे

काठमाडौँ- कान्ति बाल अस्पतालले मेडिकल अधिकृत र बायोमेडिकल इन्जिनियरको माग गरेको छ । मेडिकल अधिकृत (आठौं तहको) २० जना र  बायोमेडिकल इन्जिनियर आठौं तहको १ जनाको माग गरेको हो ।

आइसीयू कक्षमा बिस्तार गर्न आर्थिक वर्ष २०७९/८० को लागि स्वीकृत अस्थायी दरबन्दी तत्काल पूरा गर्नुपर्ने भएकाले सूचना निकालिएको अस्पतालले जनाएको छ ।


सूचना प्रकाशित भएको सात दिन भित्रमा (असोज २ गते सम्म) इच्छुक उम्मेदवारले लोक सेवा आयोगद्वारा निर्धारित ढाँचाको फारम रितपूर्वक भरी दरखास्त पेश गर्न अस्पतालले अनुरोध गरेको छ ।


Author

थप समाचार
x