स्वास्थ्य

डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

इकागज |
भदौ २९, २०७९ बुधबार १९:२७ बजे

कैलाली । कैलालीको धनगढीमा सोमबारदेखि २०औं सत्याग्रह थालेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । लामो समयसम्म पानी बाहेक अन्य खानेकुरा नखाँदा डाक्टर केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए।

उनले सुगर लेबल कम भएको, सास फेर्न समस्या हुँदै गएको र कमजोर हुँदा मसलहरुमा समेत समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको बताए । डाक्टर केसी सेती प्रादेशिक अस्पतालको क्याबिनमा अहिले उपचार हुनुहुन्छ । स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता मानिएका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा गत सोमबारदेखि बसिरहेका थिए ।



Author

थप समाचार
x