शनिबार विश्वकै ठूलो रक्तदान कार्यक्रम संचालन हुने
काठमाडौँ- नेपालमा असोज १ गते (शनिबार) विश्वकै ठूलो रक्तदान कार्यक्रम हुने भएको छ । विश्वभरबाट दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो ।
नेपालमा तेरापंथ युवक परिषद्ले देशका विभिन्न नौ सहरबाट एकैदिन १५ सय युनिटसम्म रगत संकलन गर्ने उद्देश्यका साथ ‘मेगा ब्लड डोनेसन ड्राइभ’ गर्न लागेको छ ।
रक्तदान कार्यक्रमका लागि काठमाडौँ, ललितपुर र कीर्तिपुरमा सात वटा क्याम्प लाग्ने र बाँकी नौ सहरमा १८ देखि २० वटा क्याम्प लाग्ने परिषद्ले जनाएको छ ।
उक्त दिन विश्वभरमा दुई हजारभन्दा बढी क्याम्पमार्फत दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्य रहेको छ । यसअघि सन् २०१४ मा विश्वभरबाट १ लाख बढी युनिट रगत संकलन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइएको थियो ।
ब्लड डोनर सोसाइटी नेपाल, नेपाल रेडक्रस सोसाइटी, पशुपति सेवा संघ, मारवाडी युवा मञ्च, लायन्स क्लब लगायतबाट उक्त कार्यक्रमका लागि सहयोग प्राप्त भएको संस्थाका अध्यक्ष कैलाश नौलखाले जानकारी दिए ।
उक्त दिन नजिकको क्याम्पमा गएर रक्तदान गर्न संस्थाले सबैलाई आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया