शिक्षा र स्वास्थ्य मन्त्रालयको भनाइ बाझियो, कोभिडको मारमा विद्यार्थी !
काठमाडौँ : विद्यालय बन्द गर्ने वा नगर्नेबारे शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयको टकराव परेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती निकालेर विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइलागेको आशय व्यक्त गरेको थियो ।
नामै किटान गरेर १४ वटा जिल्ला कोभिड १९ को जोखिममा परेको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय लगायतका क्षेत्रहरू तत्काल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको जनाएको थियो । काठमाडौँ उपत्यकासहित सातै प्रदेशका विभिन्न जिल्ला कोभिडको दोस्रो लहरबाट प्रभावित भएको भन्दै सजगता अपनाएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
यता त्यसको २४ घण्टाभित्र प्रेस विज्ञप्ती निकालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने तत्काल विद्यालय बन्द नगर्ने र स्वास्थय सतर्कता अपनाएर पठनपाठन गराउने बताएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तीमा मन्त्रीस्तरीय निर्णयबाट तत्काल विद्यालय बन्द नगरेर आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन सञ्चालन गर्न सकिने उल्लेख छ ।
दुवै मन्त्रालयको विज्ञप्तीमा भीडभाड गर्न नहुने, मास्क, स्यानिटाइजर, साबुन पानीको प्रयोग गरेर मात्रै दैनिक काम अगाडि बढाउनुपर्ने उल्लेख छ । तर सबैभन्दा धेरै भीडभाड हुने विद्यालय बन्द गर्ने वा नगर्नेबारे स्पष्ट छैन ।
यसले स्कुले बालबालिका कोभिड १९ को मारमा परेका छन् । केही जिल्लामा बालबालिका संक्रमित भएका छन् । काठमाडौँ उपत्यकाका विद्यालयमा पनि बालबालिकामा कोभिड परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको छ ।
काठमाडौँ महानगरपालिकाले भने विद्यालयमा शिक्षक वा विद्यार्थीलाई कोभिड संक्रमण भएमात्रै विद्यालय बन्द गर्न भनेको छ । तर शिक्षा र स्वास्थ्य मन्त्रालयको विज्ञप्ती हेर्दा एक आपसमा बाँझिएका छन् । शिक्षा मन्त्रालयले स्थानीय तह, जिल्ला कोभिड १९ संकट व्यवस्थाप केन्द्रसँग सहकार्य गरेर मात्रै विद्यालय बन्द गर्न सकिने वा पठनपाठन जारी राख्न सक्ने भनेको छ । तत्कालै विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको शिक्षाको विज्ञप्तिको सार छ ।
स्वास्थ्य मन्त्रालयले भने कोभिड संक्रमण बढ्दै जाँदा बालबालिका सबैभन्दा धेरै जोखिममा रहेकाले विद्यालय बन्द गर्नुपर्ने जनाएको छ । दुवै मन्त्रालयले समन्वय गर्नुको साटो जोखिम बढिरहेका बेला एकआपसमा बाँझिने आशयका विज्ञप्ति मात्रै सार्वजनिक गरिरहेका छन् ।
यसले स्कुले बालबालिका भने सबैभन्दा बढी मारमा परेका छन् । बढ्दो कोभिड १९ संक्रमणमा बालबालिकालाई कसरी स्कुल पठाउने भन्ने चिन्ता अभिभावकलाई छ । सरुवा रोग विज्ञ डा.शेरबहादुर पुन कोभिडको नयाँ भेरियन्ट बालबालिकाका लागि बढी जोखिमपूर्ण भएकाले सतर्क हुनुपर्ने र सकेसम्म स्कुल बन्द नै गर्नुपर्ने बताउँछन् ।
‘कोभिडको दोस्रो लहर पहिलेको जस्तो छैन । यो बालबालिकाका लागि बढी जोखिमपूर्ण छ’ उनले इकागजसँग भने, ‘स्कुल बन्द नभए सबै बालबालिका संक्रमित हुन सक्छन् । बालबालिका संक्रमित भए उपचार गर्ने ठाउँ पर्याप्त छैन् । डाक्टर पनि धेरै छैनन् । यसले भोलि अर्को संकट ल्याउन सक्छ । त्यसैले समय छँदै शतर्क भएर सरकारले निर्णय गर्नुपर्छ होला ।'
स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिल यस्तो छ
१) सबै नागरिकहरूमा कोभिड १९ को संक्रमणबाट जोगिन संवेदनशील बन्ने र जनस्वास्थ्यका मापदण्डहरू कडाईका साथ पालना गर्न र गराउन भूमिका खेल्ने र “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने बुझेर जिम्मेवार बन्ने
२) स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरूमा (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङ) बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पति विद्यालय, रात्री व्यवसाय सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जीम, सार्वजनिक पुजाआजा तथा जात्राहरू, सभा, सम्मेलन, वैठक तथा भेलाहरू, सिनेमा हल, सपिंग मल, नाँचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरूमा सहभागी नहुने । तथा जनस्वास्थ्यका मापदण्डहरूको कडाईका साथ पालना गर्ने गराउन भूमिकाहरू बढाइ दिने ।
३) सबै अस्पतालहरूले अनिवार्यरुपमा फिभर क्लिनिक सञ्चालन गर्ने तथा कोभिड-१९ परिक्षणका लागि नमूना संकलन तथा परिक्षणको व्यवस्थापन गर्न गराउने ।
४) नेपालमा विभिन्न होटेलहरूमा आई बसोवास गर्नु हुने विदेशी नागरिकहरूको सम्बन्धमा गेष्ट रजिस्ट्रेशन सिस्टम चुस्त दुरुस्त बनाई काम गर्नु हुन तथा पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्रै होटलमा बास राख्ने ।
५) नियमित रुपमा अस्पतालहरूमा सेवा लिन आइरहेका सेवाणाहीहरूलाई कोभिड १९ संक्रमण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालहरूमा पठाउने गरेर अनावश्यक दुःख हुने कामहरू नगराऔं नगरौं ।
६) सबै सरकारी अस्पतालहरूले कम्तीमा पचास प्रतिशत वेडहरू कोभिड १९ सक्रामतलाई व्यवस्थापन गर्न छुट्याएर तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गरौं ।
७) निजी प्रयोगशाला तथा अस्पतालहरूले कोभिड १९ को परिक्षण तथा उपचारका लागि तोकिएको शुल्क (पीसीआर परिक्षणका लागि दुई हजार रुपैयाँमा नबढाई तथा संक्रमितहरूको औषधी बाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३५ सय रुपैयाँ, मध्यमलाई सात हजार र जटिललाई पन्ध्र हजारमा ५०% थप भन्दा नबढ्ने गरी) मा उपचार बढी नहुने गरी व्यवस्था गर्ने ।
८) बालबालिका, गर्भपति, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरू, जेष्ठ नागरिकहरूको कोमिड-१९ परिक्षण तथा उपचारमा उच्च प्राथमिकता ।
शिक्षा मन्त्रालयको विज्ञप्ति यस्तो छ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया