डा. केसीको जीवन रक्षाको माग गर्दै माइतीघरमा नारा- माफियाको मिसन, सिटामोलमा कमिसन
काठमाडौं- चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले शनिबार बिहान विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
उनीहरूले हातमा उपचार गर्न कहिलेसम्म काठमाडौं धाउनुपर्ने, माफियाको मिसन सिटामोलमा कमिसन, मधेश प्रदेशमा सरकारी शिक्षण अस्पताल कहिले बन्छ, गेटामा स्वास्थ्य सेवा कहिले सुरु हुन्छ ? लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
चिकित्सा सुधारका अभियन्ता डा. केसी ६ दिनदेखि कैलालीको धनगढीमा आमरण अनशनमा छन् । उनी सात बुँदे मागसहित अनशन बसेका हुन् । यो उनको २० औँ सत्याग्रह हो ।
सत्याग्रहको तेस्रो दिनमा उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो । उनले आफ्नो २० औँ आमरण अनशन धनगढीको एलएन चोकमा रहेको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा सुरु गरेका थिए ।
प्रदर्शनका केही तस्बिहरू
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया