कम्प्युटर रेडियसनबाट छाला जोगाउने उपाय
काठमाडौँ : कम्प्युटरको स्क्रिन र मोबाइल फोनहरूबाट निस्कने निलो प्रकाश लामो समयसम्म छालामा पर्दा छालासम्बन्धी रोगहरु निम्त्याउन सक्छ । समय पूर्व नै बुढो देखिने लगायत छालाको रंग परिवर्तन हुने लगायत समस्या निम्तिन सक्छ ।
निलो प्रकाशबाट हुने हानी रोक्न थुप्रै व्युटि प्रोडक्टहरूले एन्टिअक्सिडेन्टयुक्त क्रिमहरू उत्पादन गर्न थालिसकेका छन् । यस्ता प्रकाशले छालामा हुने हानी नोक्सानी कम गराउन डाक्टरको सल्लाह अनुसार सुरक्षा विधि अपनाउन सकिन्छ । केही उपाय तल उल्लेख गरिएका छन् । जसलाई अपनाएर छालाको सुरक्षा गर्न सकिन्छ ।
एन्टिअक्सिडेन्ट युक्त खानेकुरा खाने
खानेकुरामा पाइने प्राकृतिक एन्टिअक्सिडेन्टले छालामा उत्पादन हानीकारक कणहरुलाई सन्तुलन गर्छ । त्यसैले एन्टिअक्सिडेन्ट युक्त खानेकुराहरु बढी खानुपर्छ । जस्तै, एभोकाडो, गोलभेडा र ओखर । यसले समय पूर्व नै बुढो देखिने लगायत छालाको रंग परिवर्तन हुने लगायत समस्यामा कमी ल्याउँछ ।
घरभित्रै पनि सनस्क्रिन प्रयोग गर्ने
कम्युटर वा मोबालल स्क्रिनबाट उत्सर्जित हुने निलो प्रकाश सूर्यबाट आउने पराबैजनी किरण जस्तै हुन्छन् । र त्यत्तिकै हानीकारक पनि । त्यसकारण लामोसमय कम्प्युटरका काम गर्ने वा चलाउनेहरूले पनि म्वइस्चराइजरयुक्त ‘सनब्लक’ वा ‘सन प्रोटेक्सन फ्याक्टर’ प्रयोग गर्न सक्छन् । हरेक घण्टा प्रयोग गर्दा पनि हुन्छ भने सुत्नुअघि यो सनब्लकलाई पानीले हटाउनुहोस् ।
बेलाबेला अनुहार धुने
लामो समयसम्म स्क्रिनमा बस्नु परे बीच बीचमा बे्रक पनि लिनुहोस् । साथै तपाईंले बेलाबेला अनुहार धुन सक्नुहुनेछ । लामो समय स्क्रिनको अगाडि बस्दा तपाईंको छालामा हानीकारक कणहरु निर्माण हुन थाल्छन् । बेलाबेला अनुहार धुनाले फ्रेस पनि बनाउँछ भने काम गर्न उर्जा मिल्छ । त्यस्तै शरीरबाट १८ इन्चको दुरीमा स्क्रिन राख्नुहोस् ।
रिंकल (चाउरी) पर्न नदिन ‘अन्डर–आइ जेल’ लगाउने
आँखाको मुनी रिंकल(चाउरी) पर्न नदिन ‘अन्डर–आइ जेल’को प्रयोग गर्न सकिन्छ । लामो समय स्क्रिनमा हेर्नको लागि कतिपयले आँखा सानो बनाउनुपर्ने हुन्छ । जसको कारण आँखाको वरिपरि रिंकल पर्न जान्छ । आँखा वरिपरि जेल लगाउँदा यस्तो हुनबाट केही हदसम्म राहत मिल्छ ।
दैनिक दुई लिटर पानी पिउने
कम्युटरबाट निस्कने तापले तपाईंको छाला सुख्खा बनाउन सक्छ । यदि तपाईंले दैनिक पर्याप्त मात्रामा पानी खानुभयो भने यो समस्यामा कमी आउन सक्छ । तपाईंले दैनिक दुई लिटर पानी पिउनुहोस् ।
तस्बिरहरू : अनप्लास फ्रि फोटो
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया