स्वास्थ्य

डा. केसीलाई लिन धनगढी पुग्यो हेलिकोप्‍टर, उनी आउन मानेनन्

इकागज |
असोज ४, २०७९ मंगलबार १४:२७ बजे

काठमाडौँ- चिकित्सा क्षेत्रको सुधारसहित ९ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई काठमाडौँ लैजान धनगढी विमानस्थलमा हेलिकोप्टर पुगेको छ  ।

डा. केसी भने सेती अस्पतालमा सहज भएकाले थप उपचारका लागि बाहिर जान मानेका छैनन् । अस्पतलामा परिसरमा कैलाली जिल्ला प्रशासन कार्यालयका कर्मचारी र प्रहरी तैनाथ छन् ।


डा. केसीलाई माथिको आदेश भन्दै लैजानका लागि प्रहरी पुगेका अस्पतालका एक डाक्टरले जानकारी दिए । मंगलबार मात्र अस्पतालले उनको स्वास्थ्य अवस्था जटिल भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको थियो ।

उनको पेटमा कडा खालको अल्सरको लक्षण देखा परेको छ । शरीरमा रक्तचाप,  अक्सिजनको मात्रा कम र मांसपेशी खुम्चदै गएको छ । पोषण तत्वहरू र पानीको मात्रा कम भइ जटिलता बढ्दै गएको सेती अस्पतालले जनाएको छ ।

अस्पतालको अनुसार डा. केसीको मांसपेशी सुक्दै गएको छ । अल्सर भई रक्तश्रावको शंका भएकाले थप जटिलता हुने जस्तो देखिएको छ ।

अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि विशेषज्ञ र विशिष्टकृत अस्पतालमा लैजान अनुरोध गरेको छ ।

 

 


Author

थप समाचार
x