स्वास्थ्य

डा. केसी आफ्नै खर्चमा काठमाडौँ आउन तयार

इकागज |
असोज ५, २०७९ बुधबार १५:२० बजे

काठमाडौँ- डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौँ आउने भएका छन् ।

मंगलबार सरकारले केसीलाई लिन हेलिकप्टर पठाएको थियो । तर, सरकार अपहरण गर्ने नियत र शैलीमा प्रस्तुत भएको भन्दै उनी आउन मानेका थिएनन् ।
केसीले आफूलाई जबर्जस्ती गरे सह्य नहुने भन्दै आउन नमानेपछि सेनाको हेलिकप्टर फर्किएको थियो ।


आज भने उनी आफ्नै खर्चमा आउन तयार भएका हुन् ।


Author

थप समाचार
x