डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, उपचारका लागि काठमाडौँ लगियाे
कैलाली- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि आज काठमाडौँ लगिएको छ ।
२० औं पटक कैलालीको धनगढीमा आमरण अनसनरत डाक्टर केसीलाई सरकारले एयर लिफ्ट गर्न खोज्दा जान नमानेका उनी आज धनगढी-काठमाडौँ नियमित हवाइ उडानबाट काठमाडौँ गएका हुन् ।
अहिले साझ १७:०५ बजेको श्री एयरलाइन्सबाट डाक्टर केसीलाई काठमाडौँ लगिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया