डेंगु नियन्त्रणका लागि देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन
काठमाडौँ- स्वास्थ्य भवानीप्रसाद खापुङले डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुखहरूको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् । बिहीबार काठमाडौँमा डाक्टरहरूसँग स्वास्थ्य परामर्श उपलब्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्दै मन्त्री खापुङले यस्ताे बताएका हुन् ।
उनले साेहीक्रममा नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको पनि जिकिर गरे ।
राष्ट्रपति भण्डारीले उक्त विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको उनको भनाइ छ । संविधानको संरक्षक राष्ट्रपतिबाट संविधानको उल्लघंन भएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया