मकवानपुरमा ३ हजार ३ सय ५८ जनामा पुगे डेंगु संक्रमित
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ३ हजार ३ सय ५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै मकवानपुरमा डेंगु संक्रमितको संख्या ३ हजार ३ सय ५८ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा १ हजार ८ सय ८२ जना पुरुष र १ हजार ४ सय ७६ जना महिलामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । आइतबार थप १७ जना संक्रमित हेटौंडामा थपिएसँगै संक्रमितको कूल संख्या २ हजार ७ सय ९५ जना पुगेको छ ।
यस्तै, आइतबार नै थाहानगरपालिकामा थप २५ जना संक्रमित थपिएसँगै कूल संक्रमित १ सय पुगेको छ ।
यसैगरी, हालसम्म मकवानपुरगढीमा ५४ जना, बागमती र कैलाश गाउँपालिकामा ६र६ जना, मनहरी गाउँपालिकामा ३ सय १२ जना, इन्द्रसरोवर गाउँपालिकामा १ जना, भीमफेदी गाउँपालिकामा २८ जना, बकैया गाउँपालिकामा २३ जना, राक्सिराङ गाउँपालिकामा ९ जना, हाल ठेगाना नखुलेका २० जना र अन्य जिल्लाका ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ती पालिकाहरुमा भने आज संक्रमित थपिएका छैनन् ।
जिल्लामा हालसम्म डेंगु संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका १ का एक जनाको मृत्युु भएको स्वास्थ कार्यलयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया