मकवानपुरमा थप २ सय २२ जनामा डेंगु संक्रमण
मकवानपुर । मकवानपुरमा थप २ सय २२ जना डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे हाे ।
जिल्लामा थपिएका डेंगु संक्रमितहरुमा हेटौंडा उपमहानगरपालिका भित्रका सबैभन्दा बढी २ सय ३ जना रहेको कार्यालयले जनाएको छ । यसैगरी, मनहरी गाउँपालिकाका ९ जना, थाहा नगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका र जिल्ला बाहिरका १/१ जना रहेका छन् ।
योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ६ सय ४ जना पुगेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया