सत्यमोहन जोशीलाई पुनः आइसीयूमा सारियो
काठमाडौँ- सत्यमोहन जोशीको शरीरमा अक्सिजन सिच्युरेशन लेभलको कमी भएपछि पुनः आइसीयूमा सारिएको छ । अक्सिजन सिच्युरेशन लेभलको कमी भएकाले उनलाई आइसीयूमा सारिएको किस्ट अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिए ।
केही दिनदेखि स्वास्थ्यमा समस्या आएकाले किष्ट मेडिकलमा उनलाई उपचारका लागि लगिएको थियो । उनलाई निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याको लागि दिइएको एन्टिबायोटिक्स दिइरहनु पर्ने देखिएको छ ।
जोशी अस्पतालमा २० दिनदेखि उपचाररत छन् । उनले दोहोरो सम्बाद गर्न थालेपछि क्याबिनमा ल्याइएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया