स्वास्थ्य

२५ जना भन्दा धेरै भेला हुन नपाइने, होटल रेष्टुरेण्ट साँझ ८ बजे बन्द गर्नुपर्ने

इकागज |
बैशाख ६, २०७८ सोमबार १९:३९ बजे

काठमाडौँ  : सरकारले कोभिड १९को रोकथाम, पहिचान र उपचारलाई प्रभावकारी बनाउन सर्वसाधरणलाई जनस्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न अपिल गरेको छ । विदेशबाट आएकालाई अनिवार्य १० दिन होम क्वारेन्टीनमा बस्न पनि सरकारले अनुरोध गरेको छ । २५ जना भन्दा बढी जम्मा नहुने, कुनै पनि सामान अनावश्यक नछुने, मास्क लगाउने, सेनिटाईजर वा साबुन पानीले पटक-पटक हात धोएर आवश्यक स्वास्थ्य सर्तकता अपनाउन भनिएको छ । 

मेला, महोत्सव, जात्रा, पर्व विवाह जस्ता धार्मिक अनुष्ठान तथा अत्यावश्यक धार्मिक र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जना भन्दा बढी सहभागी नभई जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै गर्न पाईने भएको छ । सभा सम्मेलन गर्नुपरे भएमा भर्चुअल गर्ने र भौतिक रुपमा उस्थिति हुनुपर्ने भएमा २५ जना भन्दा बढी सहभागी गराउन नपाईने भएको छ ।


एकपटकमा २५ जना भन्दा बढी नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर सपिङ मल र डिपार्टमेण्ट हल सञ्चालन गर्न पाइने भएको छ । त्यसैगरी सिट क्षमता भन्दा बढी नराखी सार्वजनिक यातायात संञ्चालन सञ्चालन गर्न पाईने भएको छ । 

तर त्यसका लागि चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, ढोकामा र भित्र सेनिटाईजर राखिएको हुुनुपर्ने र दैनिक यातायातका साधनलाई निसंक्रमण गर्नुपर्ने छ ।  मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने, सवारी सञ्चालकले आवश्यक परे बढीमा १० रुपैया प्रति मास्क लिएर यात्रुलाई बेच्न पाउने भएका छन् ।

लामोदुरीको सवारी साधनमा रहेका यात्रुहरुको विवरणको जानकारी कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई गराउनुपर्ने छ । हवाइ उडानमा पनि भीडभाड नगरी जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्नुपर्ने छ । पसल र कार्यालयमा अनिवार्य मास्क लगाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्नुपर्नेछ । होटल तथा रेष्टुरेण्टले बिहान ८ देखि सांझ ८ गते सम्म मात्रै जनस्वास्थ्यका मापदण्ड प्रयोग गरि भीडभाड नगरी सेवा दिन सक्नेछन् । सांझ ८ बजेपछि भने होमडेलिभरी सेवा मात्रै दिनसक्ने छन् ।

सरकारले राष्ट्र«बैकलाई बैक तथा वित्तिय संस्थाहरुलाई विद्युतिय भुक्तानी प्रणाली लागु गर्न सहजीकरण गर्न तथा सेवाशुल्क लगायतका भुक्तानी एकमुस्ट रुपमा बुझाउन चाहनेलाई सो बमोजिम व्यवस्था मिलाउन भनेको छ । सरकारले नियमित रुपमा संञ्चालन हुनुपर्ने स्वास्थ्य संस्थाहरु जनस्वास्थ्यका मापदण्ड प्रयोग गरि नियमित रुपमा संञ्चालन गर्न सकिने जनाएको छ । 

 


Author

थप समाचार
x