स्वास्थ्य

सुदूरपश्चिमका ४१ जनामा कोरोना पुष्टि

इकागज |
बैशाख ७, २०७८ मंगलबार १६:३८ बजे

धनगढी : सुदूरपश्चिममा थप ४१ जनामा कोरोना  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला एक सय ४७ जनाको कोरोना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका  २३ जना, गोदावरी र टिकापुरकाका चार÷चार जना, लम्कीचुहाँ नगरपालीका, गौरीगंगा, जोशीपुर, बर्दगोरीया गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।


यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक जना, कृष्णपुर नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । डडेल्धुरा, बाजुरा र अछामका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । अस्पतालमा अहिले ३३ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।
 


Author

थप समाचार
x