स्वास्थ्य

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको दुई विभागमा डा.जयसवाल र डा. लिम्बु नियुक्त

इकागज |
कात्तिक १६, २०७९ बुधबार १२:५९ बजे

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सि.टी.भि.एस. विभागका एसोसियट प्रोफेसर डा. लोकेश शेखर जयसवाल तथा प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बु नियुक्त भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले रिक्त रहेको डेपुटीमा दुवै जनालाई अस्पताल निर्देशक पदमा नियुक्ति गरेका हुन् । प्रतिष्ठानमा दुवैजनाले गत जेठ १८ देखि सहायक अस्पताल निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आएका थिए ।


अस्पतालको सेवालाई चुस्त र दुरुस्त बनाउन आजदेखि लागू हुने गरि उपकुलपतिले डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. चुडामणी पोख्रेलले जानकारी दिए ।


Author

थप समाचार
x