स्वास्थ्य

थप २ हजार ४२८ जनामा कोभिड-१९ संक्रमण, ५ को मृत्‍यु

इकागज |
बैशाख ९, २०७८ बिहीबार १७:११ बजे

काठमाडौँ : नेपाल पछिल्लो २४ घण्टामा थप २ हजार ४२८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। १० हजार १ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३६५ र ४४७ जनाको एन्टिजेन विधिबाट गर्दा  ६३ जनामा संक्रमण पुष्‍टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्‍त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । 

यही अवधिमा २५२ जना संक्रमणमुक्त भएका छन् । नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ । 



Author

थप समाचार
x