स्वास्थ्य

डेंगु संक्रमणका कारण ६ जनाको मृत्यु

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १५:२५ बजे

चितवन- जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगु रोगको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठ जना रहेको कार्यालयले जनाएको छ ।


जिल्लामा सबैभन्दा बढी डेंगु रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेंगु रोग देखिएको केसीले बताए । उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेंगु रोग देखिएको थियो । 

यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगुको संक्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेंगु रोगको संक्रमण देखिएको उनले बताए ।


Author

थप समाचार
x