स्वास्थ्य

कोभिड-१९ सङ्क्रमणबाट कांग्रेस नेताको निधन

इकागज |
बैशाख १०, २०७८ शुक्रबार १७:५९ बजे

फुङ्लिङ : कोभिड-१९को संक्रमणबाट नेपाली कांग्रेस फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको निधन भएको छ । निमोनिया भएपछि उपचारका क्रममा शुक्रबार बिहान ९ः०० बजे बिएन्डसी हस्पिटल बिर्तामोडमा उनको मृत्यु भएको पारिवारिक श्रोतले बताएको हो ।

पीसीआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोभिड सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उनले बताए ।


आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएका छन् । प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ । रासस


Author

थप समाचार
x