स्वास्थ्य

कोभिड नियन्त्रणका लागि आवश्यक तयारी गर्न मुख्यमन्त्री राउतकाे निर्देशन

इकागज |
बैशाख १०, २०७८ शुक्रबार २०:१२ बजे

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तिव्र रूपमा फैलिदै गएकाे कोरोना महामारी नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् । शुक्रबार प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशका सबै निकायलाई आ-आफनो क्षेत्रको तयारीमा कुनै कमी नराख्न निर्देशन दिएका हुन् ।

बैठकबाट आठवटै जिल्लामा रहेको पीसीआर ल्याबका लागी आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण तयार गर्ने जिम्मेवारी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुखलाई दिइएकाे छ । जिल्लामा आवश्यक जनशक्ति तथा सामग्रीहरुको विवरण सम्बन्धित मन्त्रालयले जिल्ला कोरोना संकट व्यवस्थापन समितिबाट संकलन गर्ने, प्रादेशिक अस्पताल स्थित नर्सिङ्ग कलेजलाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरिएकाे छ ।


त्यसैगरि बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ । बैठकबाट महामारी नियन्त्रणका लागि प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरुका प्रमुख रहने गरि संयोजन कमिटी गठन गरिएकाे छ । त्यस्तैआपूर्ति महाशाखाका प्रमुख डा प्रमोद कुमार यादवको नेतृत्वमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा.श्रवण मिश्र सदस्य रहने प्राविधिक समिति समेत गठन गरेको छ ।


Author

थप समाचार
x