स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा दम्पती अस्पताल भर्ना
फाइल तस्बिर
काठमाडौँ : कोभिड-१९ संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरू कोभिड-१९ संक्रमण भएपछि घरमै आइसोलेशनमा बसेका थिए ।
स्वास्थ्यमा केही समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको पूर्वराजाका स्वकिय सचिव सागर तिमल्सिनाले इकागजलाई बताए । तिमल्सिनाका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ । भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर नेपाल आएपछि उनीहरूमा कोभिड पोजिटिभ देखिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया